'ओ निर्दयी भुकम्प ' कविता
भीम सुब्बा तामांग (बाबु साईला)
ओ निर्दयी भुकम्प
बरु लैंजाऊ यो अधरको हांसो
खोशी देऊ मेरा स साना खुसीहरु
अझैं चाहन्छौं भने
भत्काईदेऊ नियतीको सुनामीबाट
उछिटट्एका जीवन जिउने मेरो झिनो आशा
सहन तयार नैं छु
तर ……
खोसेर गांस बास
भत्काएर घरबार
चुडयाएर जिन्दगी
बारम्बार नदेखाऊ तिम्रो ताण्डव नृत्य
नसताइदेऊ त्यसरी त्यहां
जहां छन्
बिदेसिएको छोराको बाटो हेर्दै बुढी आमा
भाइ टिकाको साइत कुरेर बसेकी दिदी
खाली सिंउदो बोकी कुरीरहेकी प्रेमिका
दाजुभाइ आफन्त र प्रियजनहरु