कोरियाली राष्ट्रपतिले भनिन 'नेपालको लागि सहयोग र प्रार्थना गरौँ'
सुरज गुरुङ
सोल-कोरियाली राष्ट्रपति पार्क गुन ह्येले नेपालको लागि सहयोग र प्रार्थना गर्न आव्हान गरेकी छिन |बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस लाल्टिन फेस्टिभललाई सम्बोधन गर्दै राष्ट्रपति पार्कले भूकम्पका कारण ठूलो बिपत्ति आई परेको छ भन्दै नेपालका लागि सहयोग र प्रार्थना गर्न आग्रह गरेकी हुन् |
सो अवसरमा राष्ट्रपति पार्कले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्तिको शुभकामना बाँडेकी थिइन् |
अन्तराष्ट्रिय शान्ति पद यात्रा दोङ्गगुक विश्व विद्यालयबाट शुरु भएर ग्वाहामुन दरबार अगाडी पुगी सम्पन्न भएको थियो | पदयात्राको क्रममा जापानबाट कोरिया स्वतन्त्र भएको ७० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न देशबाट आएका बौद्ध धर्म गुरुहरुले विश्व शान्तिको कामना गर्दै पूजा आराधाना गरेका थिए |
पदयात्रा सुरु हुनुअघि दोङ्गगुक विश्व विद्यालयको प्राङ्गणमा भएको उद्घाटन समारोहमा उपस्थित भएका लामाहरुले पनि शुभकामना मन्तव्य दिएका थिए |