भुकम्प पीडितलाई 'काले'को च्यारिटी
कुबेर गीरी
काठमाडौ – भुकम्प पिडितको सहयोगार्थ चलचित्र ‘काले’को च्यारिटी गरिने भएको छ । नेपाल मोडलिङ संघको आयोजनामा आगामी २९ गते बिश्वज्योती चलचित्र भवनमा यसको च्यारेटी गर्न लागिएको हो ।
एक्सपोज नेपालको समेत सह-कार्य रहेको उक्त सोबाट उठेको सम्पुर्ण रकम भुकम्पपिडितलाई पारदर्शी तवरले दिइने नेपाल मोडलिङ संंघका अध्यक्ष दिनेश शाहीले बताए । ‘भुकम्प पिडितको नाममा बिभिन्न ब्यक्तिहरुले फाइदा उठाइरहेको समाचार बाहिर आइरहेको छ’ शाहीले भने‘ हामी भने त्यो बिषयमा सचेत छन् ।’ मिडियालाई साक्षी राखेर उठेको रकम दिइने उनले खुलाए ।
‘काले’ महेश गिरीको लगानीमा निर्माण भएको चलचित्र हो । मौलिक नेपाली चलचित्र भनेर निर्माण समयमा प्रचार गरिएको यो चलचित्र उद्धव अभिदितले निर्देशन गरेका हुन् । निस्तेज, निरौला, जेनसा केसी,महेश गिरी,समिक्षा अर्याल, दिनेश दुलाललगायतको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रले कणाली भेगका दलित समुदाय र जातिय भेदभावको कथा भन्ने निर्माण पक्षको भनाई रहेको छ ।