हिम्मत हार्नु हुन्न हामीले (भिडियोसहित)
ऐश्वर्य श्रेष्ठ,सोल –
हिम्मत हार्नु हुन्न हामील,हिडौं सुस्त सुस्तैं
हामी मिले, हाम्रो नेपाल बनाउने छौं उस्तैं
बिनाशकारी भुकम्पले देशलाई क्षत बिक्षत बनाएको अवस्थामा हामीले हिम्मत नहारी एक भएर अघि बढ्यौं भने हाम्रो देश नेपाललाई पहिलेको भन्दा अझै सुन्दर र मजबुत बनाउन सक्छौं।त्यसैले हामीले एक आपसमा रिस राग त्यागी जोश जागरका साथ देशको पुनर्निर्माणमा जुटौं, लागौं भन्ने सन्देशमुलक गीत युटुबमार्फत सार्वजनिक गरिएको हो ।
नेपाल बनाउन सबैं नेपाली एक जुट हुनुपर्छ भन्ने भावको यो प्रेरणादायी राष्ट्रिय गीतले सबैं नेपालीको मनलाई च्वास्स छुन्छ ।सोमबार मात्र रिलिज भएको गीतका संगीतकार दक्षिण कोरियामा कामको बाबजुद पनि संगीतको आकाशलाई चुमीरहेका डि आर अटुले गरेका हुन् ।
३० हजार नेपालीको भीडमा आफनो पहिचान बनाएका अटु संगीतको जादु त भर्छन् नैं उतिकैं मिठो शब्द समेत कुदन खप्पिस छन् ।यस अघि समेत भुकम्प गीतको संगीत सिर्जना गरेका अटुले यो भने उत्साह र प्रेरणा जगाउने गीतको सुनीरहुं लाग्ने संगीत गरेका छन् ।
प्रतिमा के सीको शब्दमा सि डि बिजय अधिकारी र मेलिना राईले आफनो आवाजको दम यो गीतमा प्रस्तुत गरेका छन् ।सि डि एम म्युजिकले उत्पादन गरेको यो राष्ट्रिय गीतमा गायक गायिका स्वयमको अभिनय देख्न सकिन्छ ।यो गीतले अटुको संगीतको उचाइमा अर्का ईट्टा थप्न सकिने देखिन्छ ।