कोरियामा 'बिश्वास कसरी दिलाउँ तिमीलाई ..' आयो
सोल – ‘कला नै जीवन हो, जीवन नै कला हो ‘ भनेजस्तै यतिबेला दक्षिण कोरियामा अर्थोपार्जनको लागी भित्रीएका नेपालीहरु मध्ये साहित्य -रचना , संगित क्षेत्रमा लागेका प्रतिभाहरु भेट्ने मौका मिल्छ । यस्तै प्रतिभा मध्ये कि हुन्, रचनाकार गंगा राई( हाङ्कुयुमा) ।
हाङ्कुयुमा सन २०१४ को मे महिनामा कोरिया प्रवेश गरेकी हुन । सानै उमेरदेखी नेपाली साहित्य-संगीत तथा रचना प्रती झुकाव राख्दै आएकी गंगा राई (हाङ्कुयुमा) को ‘पृथक’ एल्बम मध्येको ‘बिश्वाश कसरी दिलाउँ तिमीलाई माया मेरो चोखो भनी’ भन्ने ट्रेजिडी गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।
कोरियाको ब्यस्त कामसंगै साहित्य रचनामा लागेकी उनले कोरियामा भर्खरै म्युजिक भिडियो रिलिज गरेकी हुन् | भिडियो उनको जिवनकै पहिलो रेकर्डिङ गरिएको गीत भएको बताईन । रचनाकार गंगा राईको ‘पृथक’ एल्बम भित्र समाबेश भएको उक्त ट्रेजिडी भावमा रहेको ‘बिश्वास कसरी दिलाउँ तिमीलाई मेरो माया चोखो भनी’ भन्ने गीतको संगितकार ओम प्रकाश राई हुन्, भने यस गीतमा काठमाण्डौँ सिंगीङ प्लेटफर्म समेत पाईसकेका नव गायक पवन राईले स्वर भरेका छ्न ।
त्यस्तै यो गीतको म्युजिक भिडियोको निर्देशन हेलोन राईको रहेको छ भने मोडलहरु जिना लिम्बु, लिम्सन लिम्बु, स्वयम हेलोन राई र पवन राईको समेत रहेको छ । लिब्जु फिल्म्स प्राइभेट लिमिटेडको उत्पादन तथा बितरण रहेको उक्त गीतको म्युजिक भिडियोमा गणेश, राज र युबाराजले क्यामेरा चलाएका छन भने भिडियो सम्पादन रबिन्द्र कुमार चौधरीले गरेका हुन ।
गीत सुन्न /हेर्न यो लिंक क्लिक गर्नुहोस :-
https://www.youtube.com/watch?v=JQ5acZt6OJo&feature=youtu.be