कोरियन युवासमुह भन्छन् 'विहे अघि एकसाथ बस्नु ठीक हो '
सोल –विवाह अघि पुरुष र महिला बस्नुलाई आज भोलि सामान्य हुन थालीसकेको छ । लिभिंग टुगेदरको संस्कृति पश्चिमबाट आएपनि यो संस्कृति विश्वभर फैंलिइसकेको छ ।
पछिल्लो समय नेपालमा समेत लिभिंग टुगेदरको संस्कृति फस्टाउन थालेको अवस्थाको दक्षिण कोरियाजस्तो देशमा यो प्रथाले नगाँज्ने कुरा नैं भएन ।कोरियामा गरिएको एक अध्ययनले आधा जसोले विहे अघि लिभिंग टुगेदर बस्नु सही भएको बताएका छन् ।
५ हजार ८ सय १३ बर्षदेखि २४ बर्ष उमेर समुहका कोरियनहरुलाई विवाह अघि युवायुवती एक साथ बस्नु कतिको उचित हुन्छ भनी सोधिएको प्रश्नमा ५६.८ प्रतिशतले उचित हुने बताएका थिए भने २६.४ प्रतिशतले भने विवाह बन्धनमा नबाधिंएपनि बच्चा पाउन सक्छन् ।यो संख्या सन २०१२ मा २५.९ प्रतिशत रहेको थियो । हरेक १० जनामा ७ जना कोरियनहरु फरक संस्कृति भएका परिवारसंग विवाह गर्न रुचाउछन् ।
त्यसैंगरी बुढा भएका बा आमालाई कसले हेरचाह गर्नुपर्छ ?भनी सोधिएको प्रश्नमा भने ४५.४ प्रतिशतले आफनो परिवारले मात्र नभएर समाज र सरकारले पनि दायित्व निर्वाह गनुपर्ने युवासमुहको धारणा राख्छन् । ३८ प्रतिशतले भने आफनैं परिवारले हेरचाह गर्नुपर्ने बताउंछन् ।१३.५ प्रतिशत भने अलि फरक धारणा राख्छन् वृद्धाहरु आफैंले हेरचाह गर्नुपर्ने बताए ।