लामाको 'ओप्पा खाङनाम स्टाइल' लाई दोश्रो पुरस्कार
छनान-छनान बिदेशी परमर्शाकेन्द्रा र छनान नगरपालिकाको संयुक्त आयोजानामा भएको प्रबासी गीत प्रतियोगीतामा नेपाल दोश्रो भएको छ | गत ११ तारिक भएको छैठौ प्रबासी गीत प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै रुपेन लामाको ‘ओप्पा काङ्गम स्टाइल’बोलको गीतले दोश्रो स्थान प्राप्त गरेको हो |
लामाको स्वरले कोरियान नागरिक र निर्णायाकहरुको मन जित्दै नेपाललाई दोस्रो स्थान दिलाएको हो । रुपेन लामाले प्रस्तुती दिदा उपस्थित सबै नेपालिहरुले नेपालको रास्ट्रीय झन्डा र ‘वी लभ नेपाल’ लेखेको प्ले कार्ड सहित नाचेर रुपेनलाई साथ दिदा झन महोल तातिएको थियो ।
प्रत्येक बर्ष हुने उक्त प्रतियोगिता रुपेन लामाले जित सङ्गै नगद कोरियान ७ लाख वन पनि प्राप्त गरेका छन र सो प्रतियोगितामा धेरै रास्ट्रहरुले भाग लिएको थियो, जस अनुसर पहिलो इन्डोनेशिया तेस्रो श्रीलङ्का, चौथो स्थान जापानले जितेको थियो।
यो प्रतियोगितामा झरी र भरखर सुरु हुँदै गरेको चिसो मौसमको प्रबह नगरिकन आन्सान ,सउल, थेगु ओसान धेरै ठाउबाट उल्लेखियरुपमा नेपालीहरुको उपस्थित देखन सकिन्थ्यो ।