मर्स नियन्त्रणमा आउदैं
ऐश्वर्य श्रेण्ठ,सोल –दक्षिण कोरियामा महामारीको रुपमा फैंलिएको मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरस दुई दिन यता थप मर्सका बिरामी भेटिएका छैंनन् ।
आइतबारदेखि मर्स संक्रमण केही नियन्त्रणमा आएको हो ।हालसम्म ३२ जनाको यो रोगबाट मृत्यु भैंसकेको छ ।त्यसैंगरी मृत्यु हुनेको संख्या पनि स्थिर रहेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।
मे २० तारिखमा पहिलो चोटी कोरियामा मर्स बिरामी भेटिएको थियो ।यो खतरनाक यो रोगबाट हालसम्ममा १८२ जना संक्रमित छन् ।जसमा ५७ जना अस्पतालमैं उपचाररत छन् भने १४ जनाको अवस्था भने खतरनाक रहेको मन्त्रालयले बताएको छ ।९३ जनालाई पुर्ण उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
मन्त्रालयले मर्स बिस्तारैं नियन्त्रणमा आएको समेत दाबी गरेको छ ।