बन्दना राईको अध्यक्षतामा "एकिकृत सिर्जनशील अनाथलय " को कमिटी गठन
सोल – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ ।
उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगर सचिव रोशन राई , सह -सचिब राजु खड्का , कोषाध्यक्षमा योङ्सेन राई सह – कोषाध्यक्ष सुमन राना मगर साथै अन्य सदष्यहरु रहेका छन
समाजका असाहय र अनाथ बालबालिकाहरुको संरक्षण गर्ने मुख्य उद्धेश्यले स्थापित संस्थाको प्रवास कमिटी दक्षिण कोरियाको पहिलो बैठक भने नोभेम्ब र २२ तारिक सुवोनमा बसेको थियो ।उक्त बैठकबाट बिशिष्ट समाजसेवीहरु शुभद्रा पालुङ्वा , जुनु गुरुङ , लक्ष्मी गुरुङ , गीता राई र स्नेहा लामालाई संरक्षक र अन्य एक्काइस जना बिशिष्ट समाजसेवीहरुलाई सल्लाहकारमा राखिएको छ ।
बैठकले ” एकिकृत सिर्जन शील अनाथलय” भित्र रहेका सम्पुर्ण बालबालिकाहरुको आधारभुत आवश्यकता साथै शैक्षिक उन्नतिको लागी शैक्षिक कोष स्थापनार्थ दक्षिक कोरियामा रहेका बिभिन्न संङ्घसंस्था , बुद्धिजिवी , समाजसेवी आम नेपालीहरुसँग हातेमालो गर्दै आर्थीक संकलन अभियान चलाउने समेत निर्णय गरेको छ ।
बि सं २०६४ साल मा स्थापित यस एकिकृत सिर्जनशील अनाथलयको केन्द्रिय कार्यलय काठमाण्डौं स्थित गोंगबूमा रहेको छ भने हाल यस संस्थाको संरक्षकमा जुनु पुन रहेकी छिन । उक्त अनाथलयमा जम्मा २१ अनाथ बालबालिकाहरु रहँदै आएका छ्न