आई बि के बैंक र ग्लोबल आई एम ई बैंक द्वारा आन्सानमा रेमिटान्स सम्बन्धि सेमिनार सम्पन्न |
सौल – गत आइतबार नोभेम्बर २२ तारिखका दिन कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक को सहकार्यमा कोरियामा कार्यरत नेपालीहरुका लागि रेमिटेन्स सम्बन्धि एक सेमिनार कार्यक्रम आन्सानमा रहेको आई बि के बैंकमा सम्पन्न भएको छ |
सेमिनारमा रेमिटेन्स र यसको महत्व ,आई बि के बैंक र ग्लोबल आई एम ई बैंक मा खाता खोल्ने तरिका ,आई बि के बैंक मा रेमिटेन्स दर्ता र नेपाल मा रेमिट गर्ने तरिका साथै I –VARO सिस्टम को बारेमा समेत जानकारी गराइएको थियो |सेमिनारमा १५० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो | सेमिनार अति उपयोगी भएको कुरा पनि एक सहभागीले बताएका थिए |
आई बि के बैंकले फेरी यहि आउदो २९ नोभेम्बर आइतबारका दिन I –VARO मार्फत नेपाल पैसा पठाउने संपूर्ण नेपालीहरुलाई ३ 0,000 वोन को उपहार , रेमिटेन्स फी मा ५० % छुट र बिनिमय दरमा ३० % छुट दिइने कुरा ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि बबिराज मुल्मीले जानकारी गराए| स्मार्ट बैंकिंग र रेमिटेन्स दर्ता गर्नको लागि २ प्रति फोटो ,पासपोर्ट ,एलियन कार्ड साथमै लिएर आउनु पर्नेछ |
आन्सान को कार्यालय खुल्ने समय : बिहान १० बजे देखि दिउसो ४ बजे सम्म |
सम्पर्क को लागि ०१०५८५४५३८६