नेपाल मगर संघ दक्षिण कोरियाले "परदेशी" चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने
सुब्बा राना मगर- सौल
नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १० लाख वोन(करिब १ लाख रुपयाँ ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि १६ लाख वोन सहयोग गरेको थियो |
पहिलो पटक नेपाल मगर सङ्घ कोरियाले आयोजना गर्न लागेको नेपालका असहाय तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली मौलिक चलचित्र परदेशी प्रदर्शन गरिने (२०१५ डिसेम्बर ६ तारिख) दिन प्रमुख अतिथी कोरियाका लागि नेपाली महामहिम राजदुत कमान सिंह लामा ज्युबाट हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उक्त दिन चलचित्र प्रदशनीको साथै नेपालकै चर्चित बहुप्रतिभाशाली कलाकार, सङ्गीतकार तथा “परदेशी” फिल्मका निर्माता एबम निर्देशक नारायण रायमाझीबाट स्थानीय लाइभ बाधबादनको साथमा आफ्नो चर्चित गीतहरुको एकल प्रस्तुती रहनेछ ।
नेपाल मगर सङ्घको वरिष्ठ उपाध्यक्ष हिक्मत पुलामी मगरका अनुसार कार्यक्रमको चिठी पत्र निमन्त्रणा कार्ड एबम टिकट सम्बन्धित संघसँस्था भातृ सँगठन ब्यबसायी,तथा सम्पुर्ण ब्यक्ती बिशेषहरुलाइ पठाइएको भएपनी प्राबिधिक कारणले पत्र तथा निमन्त्रणा प्राप्त गर्न असर्मथ हुनु हुने सम्पुर्ण महानुभाबहरुलाइ यसै सुचना मार्फत निमन्त्रणालाई स्विकार गरि कार्यक्रमको शोभा बढाइ दिनु हुन हार्दिक अनुरोध गरिएकोछ। साथै मगर संघका उपाध्यक्ष बिक्रम रानाका अनुसार उक्त चलचित्र प्रदर्शनी कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ |
“तपाइँको सानो सहयोग भविष्यको कर्णधारको आधार, हाम्रो सामाजिक कामको लागि पुर्बाधार ”
कार्यक्रम हुने स्थान : दोङ्देमुन डोट्टा शपिङ्ग सेन्टर पछाडि NRNA कोरियाले चुनाब गरेको हल(चुङ्गु खुमिन ह्वेग्वान)
जाने तरिका :दोङ्ग्देमुन स्टेशन गेट नम्बर ६,७,८ बाट करिब ५ मिनेट पैदल
मिति :२०१५ डिसेम्बर ६ तारिख
समय : दिनको ठिक १२ बजेदेखि