कोरियामा नतिजा चलचित्र प्रदर्शनीको तयारी तिब्र पारिदै |


सौल –  वुमन फर वुमन दक्षिण कोरिया द्वारा संचालित सेल्टरको व्यवस्थापनलाई सहयोग  गर्ने उद्देश्य राखेर २०१६ जनवरी १० तारिख सौल सिटि स्थित जोंगागमा रहेको जोग्यसा गुम्बामा आयोजना गर्न लागिएको  चलचित्र नतिजा प्रदर्शनीको तयारी तिब्र पारिएको कुरा संस्थाकी अध्यक्ष मल्लिका थकालीले बताएकी छिन् |
 
नयाँ बर्ष २०१६ को अवसरमा शुभकामना आदानप्रदान सहित प्रदर्शन गर्न लागिएको नतिजा चलचित्र प्रदर्शनी कार्यक्रमको प्रचारप्रसारका लागि सौल सिटि लगायतको क्षेत्रमा पोस्टर टास्ने काम गरिएको छ भने विभिन्न संघ संस्थाका पदाधिकारी,ब्यापारी,समाजसेबी लगायत बिशिस्ट व्यक्तित्वहरुलाई निमन्त्रना कार्ड चिट्ठी पत्र समेत वितरण गरि आमन्त्रण गरिएको कुरा सचिब ऋतु श्रेष्ठले  जनाएकी  छन् |बिसेष गरेर समाज सेवाका लागि यो कार्यक्रम भएकोले कोरियामा भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरुले १/१ टिकट लिएर मनोरन्जन  सहित सहयोग गरिदिनु हुन संस्थाकी उपाध्यक्ष गौरी बोगटीले हार्दिक अनुरोध गरेका छन्|
 
सपना श्रेष्ठको प्रस्तुतिमा शक्ति पण्डितले निर्माण गरेको चलचित्रमा सोहित मानन्धर र हर्शिका श्रेष्ठ मुख्य भूमिकामा छन् | चेलीबेटी बेचबिखन देखि प्रेमका कुरालाई उठान गरेको चलचित्र नतिजालाई प्रमोद भण्डारीले निर्देशन गरेका छन् |
 
२०१० मा स्थापित सस्थाले महिलाका लागि सेल्टरको व्यवस्थापन, प्रत्यक महिनामा १ पटक फ्री मेडिकल सर्भिस,आपत बिपतमा परेका नेपाली दाजुभाई तथा दिदिबहिनीका लागि सहयोग ,नेपालमा समेत भूकम्प पिडितका लागि सहयोग लगायत यहाँ रहेका सबै संघ संस्थासंग हातेमालो गर्दै आइरहेको छ|
natija

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...