चिठ्ठामा जीतेको करिब २ बिलियन वन ८ महिनामा सकिएपछि चोरी
१.९ बिलियन वोन (१.६ मिलियन डलर) चिठ्ठा(लोटरी) विजेताले आठ महिनामै सबै पैसा सकाएको पाएको छ । जो अहिले चोरीको आरोपमा प्रहरी हिरासत छ ।
बुसान एन्जे पुलिस स्टेशनका अनुसार ३९ वर्षीया एक व्यक्ति विरुद्ध गत २ वर्षको अन्तरालमा बुसान र थेगुको १६ रेस्टुरेन्टबाट करिब ३६ मिलियन वन चोरी गरेको आरोपमा अनुसन्धान भैरहेको थियो । अनुसन्धानको क्रममा उक्त ब्यक्तिले चिठ्ठा विजेता एक ट्याक्सी चालक पनि संलग्न रहेको बताए । यसै आधारमा चिठ्ठा विजेतालाई नियन्त्रणमा लिएको समाचार कोरिया टाइम्सले लेखेको छ । जो यस अघि पनि चोरी र अन्य अपराधमा जेल सजाय भोगिसकेका थिए ।
प्रहरीका अनुसार, उनले २००६ मा लोटरी (कर कटाएर १.४ विलियन वोन) जीतेका थिए । तर आठ महिना मै पार्टी र जुवामा सबै पैसा गुमाएका थिए । त्यसैको एक वर्ष पछि एउटा गहना पसलमा चोरीको आरोपमा पक्राउ गरेको थियो र १ वर्ष जेल सजाय पाएर छुट्टिएको जनाएको छ ।
“लोटरी जित्नु उसको लागि ठूलो उपलब्धि थियो जस्ले उसको जीवनलाई अर्कै मोड दिन सक्थ्यो, तर उसले त्यो अवसर गुमाए ।” एक प्रहरी अधिकारीलाई उदृत गर्दै कोरिया टाइम्सले लेखेको छ ।