ईपीएस परिक्षाको नतिजा प्रकाशित, कसरी हेर्ने लिङ्क सहित
रोजगार अनुमानि प्रणाली (ईपीएस) अन्तर्गत नेपालका लागि गत जेठ २४ र २५ मा लिइएको कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । नेपालमा पहिलोपटक सुरु भएको पोइन्ट सिष्टममा आधारित उक्त परिक्षामा १२ हजार १० जनाले आफ्नो नाम सुरक्षीत गरेका छन् ।
मानव संसाधन विकास(एचआरडी) कोरियाले शुक्रबार आफ्नो वेबसाईटमा प्रकाशित नतिजा अनुसार भाषा परिक्षामा सहभागी १२ हजार १० जनालाई स्किल टेष्टको लागि योग्य उमेद्वारको लिष्टमा समावेश गराएको हो ।
उर्तिण भएकाहरुले दोश्रो चरणको जाँच सीप तथा दक्षता परिक्षणमा भाग लिनु पर्नेछ । दक्षता परिक्षणमा उम्मेदवारको सम्बन्धित कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभुमि एवं प्रमाणपत्रलाई आधारमा परिक्षा लिनेछ । त्यसपछि भाषा परिक्षा, सिप र क्षमताको सबै अकं जोडेर परिक्षार्थीको अन्तिम नतिजा एचआरडी कोरियाले सार्वजनिक गर्दछ ।
अन्य देशहरुमा अघिल्ला वर्षहरुदेखि नै पोइन्ट सिष्टम शुरु भएपनि नेपालमा भने यस वर्ष देखि मात्र पोइन्ट सिस्टम लागु गरिएको हो । सीप तथा क्षमता परिक्षणका लागि मिति भने छिट्टै सार्वजनिक गरिने जनाएको छ ।
आफ्नो रिजल्ट एचआरडी कोरियाको वेबसाइट http://eps.hrdkorea.or.kr/ र एपिएस नेपालको वेबसाईट http://epsnepal.gov.np/ खोलेर हेर्न सकिनेछ ।