प्रवासी नेपाली एकता मञ्च सउलकाे एकिकरण भेला सम्मपन्न अध्यक्षमा वाइवी मगर निर्वाचित
नेपाल कम्युनिस्ट पार्टीको प्रवास संगठन अन्तर्गत पर्ने “प्रवासी नेपाली एकता मञ्च सउल कमिटिको एकीकरण भेला भएकाे छ । भेलाबाट अध्यक्षमा वाइवी मगर निर्वाचित भएका छन् । याे एकिकरण भेलासंगै कोरियामा नेकपाको एकता पूरा भएको छ ।
अाइतबार राजधानी सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रम नेकपा दक्षिण काेरियाका संयोजक परशुराम सापकोटाको सभापतित्व रहेकाे थियाे भने सचिब दिलिप धितालको सन्चालन गरेका थिए । त्यस्तै स्वागत भाषण पुर्ब ओएनएफका सउल क्षेत्रका अध्यक्ष टिकाराम पन्थीले गरेका थिए । बिशिष्ट अतिथिहरू जनसम्पर्क समितिका महामन्त्री कमल बहादुर थापा (कुमार ), NRNA उपाध्यक्ष जिवन थापा, जनजाति महासंघ प्रतिनिधी, प्रदेश ३ एकता मञ्चका अध्यक्ष किशोर ब्लाेन, NCC सचिब सुन्दर पन्थी, समाजसेबी बुद्धी गुरुंग तथा बिभिन्न संगसंगठनका बिशिष्ट ब्यक्तित्वहरू साथै ११ ओटा कमिटिका प्रतिनिधिहरू सहित बाक्लो संख्यामा नेपाली समुदाय बीच सम्पन्न भएको थियो ।
एकिकरण भेलाबाट अध्यक्षमा वाईबि मगर, उपाध्यक्षहरूमा दिलीप दाहल, केदार निरौला सचिवमा अभिषेक सापकोटा, सहसचिवमा सह-सचिव तारा पून रहेका छन् । त्यस्तै काेषाध्यक्षमा शंकर पाण्डे र सदस्यहरूमा बिक्रम थापा, बूद्द थापा, विजय आले, दिपक राना, राम शारू, बेदना आले, डिल पून, केशर राना, ज्योति नेपाली, प्रेमराज अधिकारी, रमेश श्रेष्ठ, तूल बहादुर घर्तीमगर, राम रोक्का, श्याम अर्याल, राजेन्द्र सिग्देल, रामेश्वर थापा र गोपाल बोहोरा रहेका छन् ।
खगेन्द्र बुढामगरको संयोजकत्वमा चुडामणी अधिकारी,सृजना नेपाली,मिना थापा र श्री श्रेष्ठ सदस्य रहेको ५ सदस्यि निर्बाचन मण्डलले नाम प्रस्ताब गरी हलले एकमतले पारित गरेको थियो। पुर्व माहासचिब शिबलाल पन्थी,प्रस्ताबित केन्द्रिय सदस्यहरु खगेन्द्र बुढामगर,मिना थापा, चुडामणी अधिकारी,पृतम गुरुंगले निर्ववाचित समितिलाइ शुभकामना थिए।