नेपाल बौद्ध परिवार दक्षिण कोरियाको छैठौं अधिबेशन यहि अगस्त १८ तारिखमा हुने
नेपाल बौद्ध परिवार (Nepal Buddhist Family-South Korea)दक्षिण कोरियाको छैठौं अधिवेशन यहि आउने अगस्तको १८ तारिख आईतबारका दिन हुने भएको छ।
आईतबार बसेको परिवारको बैठक बाट पुन: छैठौं अधिवेशनको मिति तोकिएको जानकारी अध्यक्ष पेम्बा दोंङ्बा ह्योल्मोले दिएको हो।यस भन्दा पहिला गत मार्चको ३ तारिख उक्त अधिवेशन हुने मिति तोकिएता पनि विविध कारणबस स्थगित गरेको जानकारी दिए।अधिवेशन सउल नेपाल गुम्बामा दिनको ठिक १२ बजे सुरु हुने जनाईएको छ। उक्त दिन दोंदेमुनबाट अधिवेशन हुने स्थान सउल नेपाल गुम्बा सम्म जान सुविधाका लागि गुम्बाको तर्फबाट सहयोग स्वरुप नि:शुल्क बसको व्यवस्था गरिएको कुरा परिवारका सल्लाहाकार एवं गुम्बा प्रमुख श्री कुन्साङ् दोर्जे लामाले जानकारी दिएका छन्।
अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन प्रस्तुत तथा भावी कार्य योजना तय सहित नयाँ कार्यसमिति चयन गर्ने कुरा परिवारका बर्तमान अध्यक्ष पेम्बा दोङ्गबा ह्योल्मोले बताएका छन। सन १९९५ मा स्थापना भई दक्षिण कोरियामा लामो ईतिहास बोकेको यस संस्थालाई यहाँ रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको साझा संस्थाको रुपमा मानिन्छ।यसो हेर्दा धार्मिक संस्थाको रुपमा स्थापित भएको जस्तो भएता पनि बुद्ध धार्मिक कार्यक्रमको साथ साथै यस संस्थाले बिगत लामो समय देखि बर्तमान सम्म बिभिन्न समाज सेवा वा सामाजिक क्षेत्रमा तथा एसियाको तारा बुद्धको नामबाट देशको पहिचान राख्न अायोजना हुने राष्ट्रिय अभियानहरुमा पनि अहम भुमिका खेल्दै अाएको र बिशेष गरि कोरियामा बुद्ध ईण्डियामा जन्मेको बारेमा फैलिएको भ्रम चिर्दै बुद्ध नेपालमा जन्मेको हो भन्ने बिभिन्न सन्देश मुलक कार्यहरु पनि गर्दै अाएको छ। साथै नेपाली सम्पर्क समिति(Ncc) संग सहकार्य गरेर नेपालबाट बुद्धको मुर्ति ल्याएर गत २०१८ मे २० तारिखमा कोरयाको योङ्ईन शहर नजिक रहेको पर्यटकीय गुम्बा वाऊछङ्सामा प्रतिस्थापना गरि “बुद्ध नेपालमा जन्मेको हो” सन्देश फैलाएको कुरा महासचिब प्रितम गुरुङ्गले बताए।
यसै सिलसिलामा भगवान बुद्धको बैज्ञानिक उपदेश,शान्तीको सन्देश,बुद्ध धर्मको संरक्षण एवं संबर्द्धन गर्न र देशकै गौरव बढाउनका लागि ऐक्यबद्धता जनाउदै सबै बौद्ध धर्मावलम्बीहरू लगायत दक्षिण कोरियाका बिभिन्न क्षेत्रिय तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार,बिध्यार्थी ,समाजसेवी,बुद्धीजिबी,ब्यापारी,खेलाडी एवं सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीरुमा अागामी अगस्त १८ तारिखमा हुन गैरहेको छैठौं अधिबेशनमा सहभागिता जनाई कार्यक्रम सफल पारि दिनु हुन नेपाल बौद्ध परिवारले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम:
मिति-२०१९ अगस्त १८ तारिख (आईतबार)
समय-दिनको १२ बजे
स्थान-सउल नेपाल गुम्बा
(दोंदेमुनबाट बस लाग्ने समय-बिहान-१० बजे )
सम्पर्क नं-
010-5633-7207,01074592969