“के छ ओए पान पाते ठुली” तिज गितमा नबराज र खेमले जाेडे रबिन र रिनालाइ
यात्राको लागि दुरी र पाईला संगै आउदछ। लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्दै गर्दा यो एउटा ब्राण्ड सहितको टीमले फेरी अर्कों त्यस्तै मौलिक तीज गीत लिएर आएका छन् ।लोक दोहोरीको ईतिहासमा अर्को नाम थपिएको छ “के छ ओए पान पाते ठुली”पछिल्लो समय गीत संगीतमा मौलिकताले स्थान जमाउदै लोक दोहोरी गीतले धेरै छलाङ मारि सकेको छ।त्यसै क्रममा बिशुद्द र मौलिक तीज गीतहरूको हुलमा मिसिएको छ पान पाते ठुली ।जुन गीतको उत्कृष्ट शब्द डाडै फुर्के सल्लो देखी लिएर मायालुको घर शहरमा हुदै लोक दोहोरीको ईतिहासमै सबै भन्दा धेरै मन पराईएको गीत सालको पात टपरी हुनी जस्ता गीतका गीतकार आफ्नो छुट्टै एउटा ब्राण्ड बनाउन सफल उनै सु प्रसिद्ध गीतकार नबराज पन्तले कोरेका छन् भने लय गायक तथा सर्जक खेम पुनको रहेको छ।
यस अघि एे परदेशी फर्की आऊँ,बैस ढल्काएर गयौ लैदे खबर चरी जस्ता मार्मिक अनि चर्चित गीतहरूको श्रीजना गरि सकेका खेम पुनले यो पाली पनि उस्तै मेहनतले मिठो लय भरेका छन।लाईभ दोहोरीको बादशाह भनेर चिनिने रबिन लामिछाने र पछिल्लो समय धेरै आशा लाग्दो भंगेरी गायिका रिना के. सी को प्रस्तुतिमा रहेको गीतमा दुबै जनाको निकै उत्कृष्ट स्वरले गीतलाई खास गीत बनाएको छ।
पछिल्लो समय यसरी लोक दोहोरीले नेपाली बजारमा राम्रो स्थान पाउनु आफैमा सुखद पक्ष हो। यी चर्चित हस्तीहरूको जोडदार सहयात्राले जन्माएको गीतमा चलेकै चर्चित कलाकारहरूको अनुहार देख्न पाईन्छ त्यसैले पनि गीतले सफलता पाउने छ भन्नेमा ढुक्क छन।प्रकास सपुत ,जुना सुन्दास,निक्स शर्मा र जुना गुरूगको अभिनय रहेको गीतको निर्देशन प्रकास सपुतका भाई देवेन्द्र बब्लुले गरेका छन।गायक रबिन लामाछानेको आफ्नै यू ट्यूब चयानल बाट सार्वजनिक भएको छ।
लिंक हेर्नु होला।