साैलमा माैलिक लाेकगित घन्किने, कार्यक्रमकाे तयारी पुरा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाले यहि आउदो अगस्ट ३ तारिख शनिबारको दिन गर्न लागेको लाईभ मौलिक लोक गीत कार्यक्रम २०१९ को सम्पुर्ण तयारी पुरा भएको छ।
बिशुद्द मौलिक लोक संस्कृतिको संरक्षण सम्वर्दन साथै पुरानो कलाकार सम्मान,सम्झना स्वरूप यो कार्यक्रम गर्न लागेको कुरा संस्थाका संरक्षक साथै सर्जक/गायक सि पी मगरले फोनिज कोरियालाई जानकारी दिएका छन।सउलको दाेङदेमुन ३ न गेट आगाडी रहेको दर्शन नमस्ते रेष्टुरेण्टको तेस्रो तल्लामा रहेको सभा हलमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको छ।कोरियाकै ईतिहासमा पहिलो चोटी गर्न लागेको कार्यक्रममा करीब २ दर्जन भन्दा बढी प्रतिष्ठानका कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने जानकारी संस्थाका अध्यक्ष जीतन भाई श्रीसले दिएका छन।अगस्ट ३ तारिख शनिवार बेलुका ८ बजे बाट सुरू हुने उक्त कार्यक्रममा कोरिया बासी सम्पूर्ण नेपालीहरू उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिनको लागि अायाेजकले हार्दिक निमन्त्रणा पनि गरेका छन्।