मौन समुन्द्र
एउटा भरिलो मान्छे
समुन्द्रको अघिल्तिर उभिसकेपछि
रित्तो बन्दै जान्छ
बिस्तारै बिस्तारै
घोप्ट्याउ अाँखाका
दुई अाम्खोरा पानी
भन्नेछैन समुन्द्रले मिसिन नअाईज म सङग
अो, नुनिलो अाँशु
पखाल मनभित्र उठेका बिबिरै बिबिरा घाउ
छि! फोहोरी तँ, पनि भन्नैछैन समुन्द्रले
फुकाल कपडा, बनिदेउ नाङगो
र गर बलात्कार समुन्द्रलाई
चिच्याउने छैन समुन्द्र
बचाउ बचाउ,,,,,
र डराउनेछैन ऊ
कि भोलि म गर्भवति हुनेछु
ज्वारभाटा र छालहरुसङग
छल्लाङ मार्दै भैसकेपछि स्खलन
सुस्ताउँदै ईन्द्रेणी छाँतामुनि
शिथिल निदाउँछ मान्छे
अनि फेरि
घामको उष्णता
र रमितहरुको पनि रमिता
नियालिसकेपछि
फर्किन्छ साँझ
जूनको रश्मिले समुन्द्र झन् झन्
देखिन थाल्छ कामुक
सम्झ अाफ्नो प्रेमिकालाई
र सर्लक्कै पारिदेउ क्यान बियरका बोत्तलहरु
र हल्ला गर या हल्ला नगर
कै भन्नेछैन समुन्द्रले
कि उनी त यो ब्रह्रमाण्डकै मौन प्राकृतिक सुन्दरी हुन् ।
शकुन आँसु
कवि नेपाली साहित्य समाज, कोरियाका अभियान्ता हुनुहुन्छ।