तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिवेशन सेप्टेम्बर ८ मा हुने
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिबेशन सेप्टेम्बर ८ आइतबारको हुने भएको छ। तामाङ कला, संस्कार, संस्कृती, मौलिक पर्वको संरक्षण गर्दै विभिन्न सामाजिक कार्य गरिरहेको समाजको डेढ बर्ष अघि गठन भएको हो । केही समय अघि अध्यक्ष नेपाल गएको र अन्य पदाधिकारीहरू पनि खाली भएकोले समय अगावै अधिवेशन गर्न लागिएको हो ।
स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानले विभिन्न सामाजिकसेवा, आर्थिक सहयोग, मनोरञ्जनात्मक तथा खेलकुद कार्यक्रमहरु गर्दै आइरहेको छ।
अधिवेशन ऐतिहासिकरुपमा सफल पार्न विभिन्न क्षेत्रीय, जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, ब्यवासाही, विधार्थी, खेलाडी एवंम् सम्पूर्ण तामाङ, गैरतामाङ नेपालीदाजुभाइ दिदीबहिनीहरुलाई उपस्थितिको लागि कार्यबाहक अध्यक्ष सुजित घिसिङले अनुरोध गरेका छन्।