एनआरएनए कोरियाको महासचिबमा भिमराज चेम्जोङ्गको उम्मेदवारी घोषणा
आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए कोरियाको सातौं महाधिबेशनमा समाजसेबि भिमराज चेम्जोङ्गले महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बिगत ८ बर्ष देखि कोरियामा रोजगार गरिरहेका चेम्चोङ्ग सामाजिक कार्यमा समेत निरन्तर लागि परेका छन्। किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका पुर्ब अध्यक्ष हाल सल्लाहकार, पुर्बाञ्चल सरोकार समाज काेरियाको बरिष्ठ उपाध्यक्ष, पाँचथर सेवा समाजको संरक्षक समेतको भुमिका निभाइसकेका छन्।
एन आर एन ए कोरियाको कार्यसमितिमै बसेर एन आर एन ए को छबिलाइ उच्च पार्दै नेपालमा लगानी भित्राउने, कोरियामा मजदुरका हितका लागि काम गर्ने, कोरियामा रहेका नेपाली समुदायको समस्या लाइ निदान गरि समाधान गर्न पर्यत्न गर्ने चेम्जोङ्गको घोषणा रहेको फोनिज कोरियालाइ बताए।
कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायले एनआरएनए कोरियाको सदस्यता फर्म भरि साथै अमुल्य मतदान गरि महासचिब पदमा आफुलाइ बिजयी गराइ सेवा गर्ने अवसर दिनु हुनका लागि पनि चेम्जाेङले हार्दिक अपिल गरेका छन्।