नेपाल मगर संघ कोरियाले गर्याे गुल्मीका पहिरो पीडित लाई रू एक लाख सहयोग
नेपाल मगर संघ कोरियाले गुल्मी सत्यवती ३ ठुलो लुम्पेकका पहिरो पीडितलाई एक लाख रुपैया आर्थिक सहयोग गरेको छ । गत साउन ७ गते आएको पहिरोले उक्त स्थानमा ४ जनाको निधन हुनुको साथै १९ घरधुरी पुर्ण रुपमा क्षति भएको थियो । गत जुनमा मगर संघ काेरियाले काेरियामा आयाेजना गरेकाे भुम्या पर्ब तथा बनभोज कार्यक्रमबाट बचत भएकाे रकम सहयोग गरिएको कुरा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष टेक पुनले बताए। उक्त सहयाेग रकम स्थानिय समाजसेवी तथा नेपाल मगर संघ ५ नम्बर प्रदेश समिती सचिब जित तरामुको समन्वयमा बिपत ब्यबस्थापन तथा सहयोग समितिको खातामा रकम पठाइको कुरा संघका अध्यक्ष सि पि मगरले बताएका छन् ।