एनआरएनए कोरियाको कोषाध्यक्षमा चन्द्र रानाको उम्मेद्वारी घोषणा
एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अग्रसर व्यक्तित्व चन्द्र रानाले कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन l
गुल्मी जिल्ला घर भई बिगत ८ बर्ष देखि कोरियामा रहेर सामाजिक क्षेत्रम अग्रसर बन्दै आईरहेका राना गुल्मी सम्पर्क समितिका कोषाध्यक्ष , बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा छन l उनि नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाका सह-सचिव समेत हुन l
लामो समयदेखि बिभिन्न संघ संस्थामा रहि सामाजिक कामको अनुभब बटुलेका रानाले एनआरएन कोरिया भित्र रही आर्थिक हिसाबकिताबलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अठोट समेत लिएका छन् l
यसबाहेक बिभिन्न संघ संस्था संग समन्वय गरि यहाँ रहेका नेपालीहरुका समस्या निराकरण गर्न हरपल लाग्नु आफ्नो उद्देश्य रहेको बताउँछन l
उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाइ साथ र समर्थनको निमित्त हार्दिक अपिल समेत गरेका छन् lकोष संचालन र आर्थिक पार्दर्शितामा निपुण रहेर गुल्मी सम्पर्क समितिको एक कार्यकालमा कोषाध्यक्ष पदमा रहि कोषलाई ब्यबस्थित रूपमा संचालन गरेका उनले एन आर एन ए जस्तो बृहत संस्थामा समेत आफ्नो दर्बिलो क्षमता प्रस्तुत गर्ने कुरामा कुनै दुई मत नहुने जनाएका छ्न।