एनआरएनए काेरियाकाे महिला संयाेजकमा ज्याेति नेपालीकाे उम्मेद्वारी घाेषणा
आउँदो सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको सातौ अधिवेशनका लागि युवा व्यवसायी ज्याेति नेपालीले महिला संयाेजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिगत पाँच बर्षदेखी कोरियामा रहेर साैल दाेङदेमुनमा आगमन रेष्टुरेण्ट संचालन गर्दै आएका स्याँङजाका ज्याेति नेपाली विभिन्न सामाजिक काममा पनि रूचि राख्छन्।
एन आर एन ए संस्थामै बसेर नेपाल र नेपालीकाे लागि सामाजिक कार्य गर्ने तिब्र इच्छा भएकाेले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीले अमुल्य भाेट गरि बिजयी गराइदिनु हुन पनि नेपालीले अनुराेध गरेका छन्।