२५ औँ विश्व आदिवासी दिवशमा चुम्लुङ कोरियाको केलाङ प्रस्तुत
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियादले २५ औँ विश्व आदिवासी दिवस मनाएको छ। “विश्वका आदिवासी एक हौँ” भन्ने मूल नाराका साथ अगस्ट १८ तारिख सौलको याक्सु स्थित एक हलमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको पनि उपस्थिति रहेको थियो।
किरात याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू “अग्नि” ले याक्थुङ जातीको परिचय, जातिय पहिचान, मुन्धुम, संस्कार र संस्कृतिको बारेमा प्रष्ट पारेका थिए। यसैगरी चुम्लुङ कोरियाको तर्फबाट केलाङ (च्याब्रुङ नाच) समेत प्रस्तुत गरिएको थियो। विभिन्न क्षेत्रबाट आफ्नो जातिय पोषाक मेख्ली तागाबामा लिम्बू जातिको बाक्लो उपस्थिति रहेको थियो।
कोरियामा रहेका अन्या जातिय संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुले पनि आफ्नो जाती भाषा धर्म संस्कार र संस्कृतिको बारेमा मन्तव्य राखेका थिए भने आफ्नो जातिय नृत्य समेत प्रस्तुत गरेका थिए।
नेपाली राजदूतावास दक्षिण कोरियाका नव नियुक्त उपनियोग प्रमुख (कन्सुलर) तथा का.वा.राजदूत श्री रामसिंह थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।