स्व. टुकेन लिङ्दमको परिवारलाई चुम्लुङ कोरिया र इलामेली समाज कोरियाद्वारा आर्थिक सहयोग
कोरियामा उपचारका क्रममा निधन भएका स्व. टुकेन लिङ्दमको परिवारलाई किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया र इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। कियाचू नेपालका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, कियाचु कोरियाका निवर्तमान उपाध्यक्ष तथा इलामेली समाजका निवर्तमान अध्यक्ष मन्जु लावतीले संयुक्त रुपमा टुकेन्द्रकि श्रीमती सरस्वती नेम्बाङलाई ४ लाख ७६ हजार ३ सय ३ रुपैया हस्तान्तरण गरेका थिए।
केही महिना अघि चुम्लुङ कोरिया र इलामेली समाजले आर्थिक सहयोग संकलन अभियान चलाएको थियो। उक्त अभियानबाट संकलित रकम संयोजक पवित्रा थेवेले चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू र इलामेली समाजका अध्यक्ष दर्पण गुरुङलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए। संकलित रकम नेपाल पठाइ कियाचू नेपालको समन्वयमा प्रदान गरिएको हो।
इलाम जिल्ला साखेजुङ गाउँपालिका ३ निवासी टुकेन लिङ्दमको उपचारका क्रमामा जुलाई १४ तारिख निधन भएको थियो।