Advertisement
SKIP THIS

अक्षरले जोडेको साइनो


बार्‍ह वर्ष अघि कोरियाली कवि किम ह्योङह्यो अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आइपुगेका थिए । हिमाली कन्दरा, समाज र संस्कृतिको प्रत्यक्ष अनभूति बटुलेपछि उनले कोरियाली भाषामै निबन्धकृति ‘अन्नपूर्ण यात्रा’ निकाले । यही कृतिबाट आएको रोयल्टीबाट किमले तीन नेपाली लेखकलाई कोरिया बोलाए ।टोलीमा थिए कवि मञ्जुल, दिनेश अधिकारी र प्राध्यापक पद्म देवकोटा । अधिकारी र देवकोटा छिट्टै फर्के, मञ्जुल केही समय बसे । कोरियाली साहित्यकार र चित्रकारहरूको घरघर डुले, अनुभव आदानप्रदान गरे । त्यही बेला दर्जनौं कविता पनि लेख्न भ्याए । दशकअघि लेखेका तिनै कविताको नेपाली र कोरियाली भाषामा सार्वजनिक हुँदै गर्दा बुधबार कवि मञ्जुलभावुक बने ।
‘कवि लि दे उइलाई कस्तो छ ?’ उनले किमलाई सोधे, ‘उहाँको घरमा पुगेको क्षण अहिले याद आयो ।’ कवि मञ्जुल कोरियास्थित कवि उइको घरमा २००७ को अगस्ट २८ तारिख बिहान ७ बजे पुगेका थिए । उइसँग कुराकानी गर्दै उनले ८ बजेर २० मिनेट जाँदा ‘मेरो भाइ’ शीर्षकको कविता लेखेर समर्पण गरेका थिए–
मेरो भाइ, तिमीलाई तनाव भयो भने
दाइलाई सम्झिनु,
उसको अँगालोलाई सम्झनु
बुद्धको महान्को मायालाई सम्झनु, ध्यान गर्नु
यी र यस्तै कविता समेट्दै ‘ब्रहृमाण्ड कविको घर’ दुई भाषामा कृति निकाल्न सघाएका किमले बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मञ्जुललाई ती पुराना दिन मात्रै सम्झाएनन् । उनले गोजीबाट हतार हतार कागजको टुक्रा निकाले र कविता पढ्न थाले, जुन मञ्जुललाई सम्बोधन गरेर कवि उइले लेखिपठाएका थिए ।
वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, कवि मोमिला जोशी, गीतकार दिनेश अधिकारी र किम स्वयंले ‘ब्रहृमाण्ड कविको घर’ लोकार्पण गर्दै गर्दा अक्षरहरूमार्फत् बनेको दुई देशको लेखकीय सम्बन्धको यसरी भिन्नचर्चा भयो ।
कृतिमा कवि मञ्जुलले उतिबेलै डायरी शैलीमा कोरेका पाँच दर्जन कविता छन् ।

उनका नेपाली कवितालाई कवि किमसँगै मोहन कार्कीले अनुवाद गरेका हुन् । ‘१२ वर्षअघिको योजना बल्ल पूरा भयो,’ किमले भने, ‘म यति खुसी छु कि फेरि अन्नपूर्ण हिमालमा गएर दुई हात उठाउँदै जिन्दावाद भन्न मन लागिरहेको छ । यदि मैले यो काम नगरेको भए, म आफूलाई अत्यन्तै तुच्छ ठानिरहेको हुन्थें ।’ उनकै पहलमा पुस्तक नेपाल कोरिया कल्चर सेन्टरले छापेको हो ।
साहित्यकार दिवसले मञ्जुलले कविता सुन्दर यात्रा वृत्तान्तजस्तै लागेको बताए । प्रकृतिका रूप, पहाड, जंगल, मानवीय सूक्ष्म संवेदना र अनुभूतिलाई अत्यन्तै संवेदनशील कवितात्मक भावमा उतारेको उनले दाबी गरे । ‘कवितामा मानवीय विचार र चिन्तनलाई ठाडो रूपमा नभई स्वाभाविक रूपमा प्रस्तुत गरिएका छन्,’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...