नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई
तत्कालीन पार्टी संघीय समाजवादी फोरम नेपालको प्रवास शाखा नेपाली संघिय समाज (नेफेसो) दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई चयन भएका छन्। राई नेफेसो कोरियाका केन्द्रिय सदस्य समेत हुन्। यसैगरी उपाध्यक्षमा बिजय राई र जीवन पुमा चयन भएका छन भने महासचिबमा बिशन थुलुङ राई चयन भएका छन्। सचिबमा युबन्द राई कोषाध्यक्षमा शेखर राई तथा सदस्यहरुमा प्रदिप राई, नेत्र खपाङ्गि, युगल हाङ्खिम राई र नबिन राई चयन भएका छन्।
नबगठित कार्यसमितिलाई बधाई दिंदै किरात प्रदेश प्रबास संगठनले बर्तमान पार्टि नेफेसो लाई अझ एक स्थान माथि उकास्ने बिश्वास ब्यक्त गर्दै कोरियामा यस पार्टीले भातृ संगठन, बिस्तार गर्दै समानुपातिक बिचारलाई बिस्तृत र संगठित गरेकोमा खुशि ब्यक्त गरेका छन्।
अगस्ट २४ शनिबारको दिन सौलको चौतारि रेस्टुरेण्टमा निवर्तमान संयोजक मधुकर (MK) राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफेसोका बरिस्ठ सल्लाहकारद्वय टिका राई र रबिन राई, केन्द्रीय उपाध्यक्ष sk राई सचिब जीवन राई ( तेप्तास) कोषाध्यक्ष जम्क राई, संगठन बिभाग प्रमुख बिनेस राई ( राधुङ्छा) लगायत अन्य केन्द्रीय सदस्यहरु को उपस्थिति रहेको थियो। उक्त भेलामा टिका राई र रबिन राई द्वारा बिभिन्न बिषय मा प्रशिक्षण समेत दिईएको थियो !