गुणस्तरहिन मेकअप सामाग्रीले कोरियन बच्चाको स्वास्थ्य बिगार्दै
ऐश्वर्य श्रेष्ठ,सोल –तपाईलाई थाहा छ कोरियनहरु साच्चैं सुन्दर हुन्छन् । उनीहरुको छाला गोरो हुन्छ त्यसमा पनि मेकअप । वाह कति राम्रो भन्ने हामीलाई भान हुन्छ तर कोरियनहरु संसारमा सब भन्दा बढी आफनो अनुहारको हेरचाह गर्दछन् । नेपाली परिवेशमा हेर्ने हो भने महिलाहरुले विषेश त मेकअप गर्छन् तर कोरियनहरुमा महिला पुरुष नैं उतिकैं पछिल्लो समयमा मेकअप गर्ने गरेको पाइन्छ ।
मानिसको सुन्दरतामा मेकअपले झनैं सुन्दरता थप्छ ।त्यसमा पनि कोरियन युवतीहरु पछिल्लो समय झनैं मेकअप गर्नेको संख्या बढीरहेको छ ।प्राथमिक तहको शिक्षक भन्छन्,केही बच्चाहरु ४ कक्षादेखि नैं अनुहारमा पाउडर दल्छन् ।६ कक्षाको बच्चाहरुले ब्युटी बाम,लिपिस्टक समेत लगाउछन् ।तर यी बच्चाहरुले स्कुल नजिकको पसलबाट सस्तोमा मेकअपका सामानहरु किन्ने हुनाले समस्या परेको छ ।जसको कारण विभिन्न शारिरीक समस्या निम्तिने गरेको पाइएको छ ।
चुसन ईल्बोले गरेको स्कुल छेउको ३० वटा स्टेसनरीमा गरिएको सर्वेक्षणमा बच्चाहरुले २ हजार,३ हजार वनको मेकअपका सामानहरु किन्ने गरेको पाइएको छ ।जसमा विषालुपदार्थहरु मिसाइएको हुन्छ ।मेकअप सामाग्रीहरुमा केमिकल मिसाइएको हुन्छ साथैं युवतीहरुको लागि भनेर परिक्षण गरी बजारमा बिक्रीवितरण गरिने हुनाले ती सामाग्रीहरु बच्चाहरुको लागि उचित हुन नसक्ने विज्ञहरु बताउछन् ।
मेकअपले गर्ने विभिन्न असरहरु जानकारी नहुनाले झन समस्या हुने हुनाले बालबच्चाहरुलाई किन क्वालिटी भएका सामाग्रीहरु प्रयोग गर्न आवश्यक छ भनेर शिक्षा दिनु आवश्यक भएको कस्मेटिक उत्पादककर्ताहरु बताउंछन् ।