किम जोङले आर्किटेक्ट मारेको खुलासा
फोनिज कोरिया संवाददाता
सोल-उत्तर कोरियाका नेता किम जोङ उनले एक जना आर्किटेक्टलाई मारिदिएको खुलासा भएको छ । प्योङयाङ विमानस्थलको एक टर्मिनल डिजाइनको जिम्मा लिएका मुख्य आर्किटेक्ट मा वोन चुनलाई एक वर्ष अघिनै मार्न लगाएको अहिले खुलासा भएको हो ।
मा वोन चुनले गरेको डिजाइन मन नपरेकै कारण उनलाई किम जोङले मार्न लगाएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त टर्मिनललाई गत बुधवार खुला गरिएको थियो ।
उद्घाटनको क्रममा टर्मिनलका मुख्य डिजाइनकर्ता मा वोन चुनलाई नदेखिए पछि यो कुराको खुलासा भएको हो ।-एजेन्सी