तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिबेशन सेप्टेम्बर ८ मा, तयारी पुरा
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिवेशन यही सेप्टेम्बर ८ मा किम्हे स्थित मुन्ह्वावन हलमा हुने भएको छ । “भाषा, कला, संस्कार र संस्कृति हाम्रो सान ! विश्व भरिको तामाङ एकता हाम्रो अभियान ।” भन्ने मूल नाराको साथ ऐतिहासिक दोस्रो अधिवेशन गर्न लागेको समाजको कार्यवाहक अध्यक्ष सुजित घिसिङले जानकारी दिएका छन् । साथै यसको तयारी पनि पुरा भएको जनाएको छ ।
अधिवेशनको अवसरमा संस्थालाई आ-आफ्नो ठाउँबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने ब्यक्ति र संघ-संस्थाहरु लाई सम्मान कार्यक्रम समेत रहेको घिसिङले जानकारी दिए । “यस अधिवेशनलाई ऐतिहासिक रुपमा सफल पार्नका निम्ति विभिन्न क्षेत्रीय तथा जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विधार्थी, खेलाडी एवंम् सम्पूर्णमा तामाङ, गैरतामाङ नेपालीदाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।” घिसिङले भने ।
करिब २ बर्ष अगाडि स्थापना भएको यस संस्थाले तामाङ भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्धनका लागी विभिन्न कार्यहरू गर्दै आएको छ । यसको साथसाथै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता देखाउदै देखाउदै आएको छ ।
कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रमा कम्पनी परिबर्तन तथा बिरामी पर्दा महिलाहरुलाई बस्ने ठाउँको समस्यालाई मध्यनजर गर्दै विगत केहि समय देखि निशुल्क “नाना आङा धिम(महिला आवास गृह)” पनि संचालन गर्दै आईरहेको छ ।
साथै नेपालबाट आउने चर्चित गायक विजय लामा पनि कार्यक्रममा उपस्थित हुने जनाएको छ ।