खजेदोमा छुक्कु प्रतियोगिता
गंगा फुयाल
खजेदो – दक्षिण कोरियाको खजेदोस्थित पानी जहाज निर्माण कम्पनिमा गठित स्याङ्गजा सहयोग समाजले छुक्कु प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपालको राष्टिय गान बजाएर शुरु भएको सो प्रतियोगितामा विभिन्न ७ समुहको सहभागिता रहेको थियो भने प्रतियोगितामा काशिराज गैरेको टिम प्रथम र छविराज राईको टिम द्धितिय भएको थियो ।
दिनेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिता संचालन अमृत तिवारीले गरेका थिए भने सोहि कम्पनीमा कार्यरत नेपालीहरुका कम्पनी संयोजक मेघराज ज्ञवाली प्रमख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै समाजका सह संयोजक आर सी अधिकारीले आउदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिईने साथै सम्पर्ण नेपालीहरुलाई भाइचाराको सम्बन्ध स्थापित गर्दै समाजले सबैलाइ सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजका खेलकुद विभाग संयोजक शंकर पाण्डेले सहभागि सबैलाई धन्यबाद दिए । छुक्कु प्रतियोगिताको रेफ्रिको भुमिका सुरेन्द्र नेम्वाङ्गले गरेका थियो भने प्रतियोगितामा काशिनाथ गैरे म्यान अफ दि म्याच घोषित भए ।