नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच एकता हुने
नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच पार्टी एकता तथा समायोजन घोषणा कार्यक्रम हुने भएको छ । उक्त घोषणा कार्यक्रम यहि सेक्टेम्बर १४ तारिख आइतबार सौलस्थित एमटियुको सभाहलमा हुन लागेको छ ।
संघिय समाज फोरमका बरिष्ठ नेता असोक कुमार राई तथा अध्यक्ष उपेन्द्र यादब र नया शक्ति पार्टि नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइ बिच पार्टि एकता घोषणा सँगै अहिले देश तथा बिदेशमा समेत पार्टि घोषणा कार्यक्रम तिब्र गतिमा भइरहेको छ ।
केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला समिति देखि लिएर बिभिन्न भात्रि सङ्गठनहरु बिच पार्टि एकता तथा समायोजन घोषणा भइरहेको छ ।
अहिले संघिय समाज फोरम ने.फे.सो.दक्षिण कोरियाका अध्यक्षमा दर्पण गुरुङ रहेका छन् भने नया शक्ति पार्टि नेपाल अ.ने.स. दक्षिण कोरियाका अध्यक्ष जिबन सासँकर रहेका छन् ।