सातौं तिलिचो कप फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामलाई
मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गरेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामले जितेको छ ।
प्रतियोगितामा मोक्फो एफसी फस्ट रनरअप भएको प्रतियोगितामा २७ टिम सहभागी रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा इलाम एफसीका सुरज बुढाथोकी, उत्कृष्ट डिफेन्डरमा इलाम एफसीका विशाल लिम्बु, उत्कृष्ट मिडफिल्डरमा इलाम एफसीका राज थापा, सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मोक्फो एफसीका जेट्ली राइ र उत्कृष्ट खेलाडीमा मोक्पो एफसीका सबिन विडारी भएका थिए ।
प्रतियोगितामा जितसगैं प्रथम टिमले ३० लाख वन र दोस्रोले १८ लाख वन पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ ।
प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र विशेष अतिथि फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमुले वितरण गरेको मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । खेल शान्त र अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । हामी यसैमा खुसी छौं । उनले भने ।
प्रतियोगिता दोङ्गदुछनको फुटबल मैदान भएको थियो ।