एनआरएनए काेरियाको निर्वाचन कार्यतालिका परिवर्तन,
गैर आवासिय नेपाली संघ दक्षिण कोरिया सातौ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका केहि परिवर्तन सहित सार्वजनिक भएको छ ।
निर्वाचन समितीका प्रचार प्रसार संयोजक अशोक मैनालीका अनुसार उम्मेद्वारहरूले पठाएका कागजातहरू अध्यन गर्न थप समय लागेकोले केहि कार्यतालिका परविर्तन भएको हो । तर निर्वाचन भने यस अघि सार्वजानिक गरिएको मिती र समयमा नै हुने जनाएको छ ।
साथै यही सेप्टेम्बर २१ र २२ मा हुने अधिवेशनमा इलेक्ट्रोनिक विधिबाट मतदान गर्न पाउने छन् ।
कार्यतालिका अहिलेसम्म निर्वाचन आचार संहिता प्रकाशन, उम्मेद्वारी दर्ता र अपुग डकुमेन्ट थप भैसकेकाे पनि मैनालीले बताए । अब १७ तारिख बेलुका ७ बजे पछि १८ तारिख वेलुका ७ बजे सम्म उमेद्वारी नाम प्रकाशन तथा दाबी विरोध
१९ तारिख बिहान १० बजे देखि २० तारिख बेलुका १० बजे सम्म उमेद्वारी फिर्ता र २१ तारिख बिहान ७ बजे देखि बेलुका १२ तारिखसम्म अन्तिम उम्मेदवारी नामावली प्रकाशन हुनेछ ।
२२ तारिख विहान ९ देखि ५ सम्म सउलमा मतदान हुनेछ । मतदान अनलाइन र इलेक्ट्रोनिक विधि प्रयाेग हुने पनि मैनलीले जानकारी दिएका छन् ।