पूर्वाञ्चल सरोकार समाजले देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने
पूर्वाञ्चल सरोकार समाजले दशैँ तिहार शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी नै दशैँ र तिहारको अवसरमा आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रम यो सालपनी निरन्तरता दिइएको समाजका अध्यक्ष अमृत राईले जनाएका छन्।
अक्टोबर २६ तारिख शनिबार साँझ गरिने उक्त कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ।
कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त विशेष देउसी भैलो कार्यक्रममा उपस्थित भइदिन आयोजकले अनुरोध गरेको छ। साथै कार्यक्रम स्थल भने केही दिनमा तय हुनेपनि बताइएको छ।