किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा महिला सेल्टर सञ्चालन
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले महिला सेल्टर सञ्चालनमा ल्याएको छ। उक्त सेल्टर सउल स्थित दोङ्देमुन स्टेसनको ३ नं गेटदेखी नजिकै (서울시 종루구 창신동 640-12 번지) मा अवस्थित छ। आज भएको सेल्टर उद्घाटन कार्यक्रममा चुम्लुङ कोरियाका संरक्षक समसेर पंधाक र अध्यक्ष अग्नि लिम्बू “मिराक” द्वारा केक काटेर समुदघाटन गरिएको थियो।
महिला सेल्टरको आवस्यकतालाई मध्यनजर गर्दै सेल्टर सञ्चालनमा ल्याइएको अध्यक्ष लिम्बूले जानकारी गराएका छन्। सेल्टरमा काम छाडेर नयाँ काम खोजी गर्नेहरु, कोहि बिरामी अशक्त भएकाहरु सेल्टरमा सेवा लिन सकिनेछ। महिला सेल्टरका संयोजक संस्थाका कोषाध्यक्ष पबित्रा थेवे रहेकी छिन्।
सन् २००० मा स्थापित चुम्लुङ कोरियाले नेपालमा समेत सामाजिक सेवाहरु गर्दै आइरहेको छ। यो संस्थाले सुवन सि र बुसान शाखाले किम्हेमापनी सेल्टर सञ्चालन गर्दै आइरहेको छ जहाँ पूर्वदेखी पश्चिमका नेपालीहरुले सेवा लिइसकेका छन्।