थेगुमा कबड्डी ३ चलचित्र तिन शाे नै खचाखच
नेपाल मगर सङ्घ थेगु शाखाले अक्टुबर १३ तारिख आइतबार थेगुमा प्रदर्शन गरेकाे चलचित्र ” कबड्डि ३ ” तीन शाे नै खचाखच भरिएकाे छ।
आयाेजकले २ शाे काे लागि प्रचार गरेकाे भए पनि दर्शककाे अत्यधिक चापका कारण तीन शाे प्रदर्शन गरिएकाे जानकारी संघका सचिब चिरन थापाले बताए। हलकाे क्षमता केहि सानाे भएता पनि ३ शाेमा गरेर ६५० बढि दर्शकहरूकाे उपस्थिति भएकाेले आयाेजक खुशी भएका छाै, याे एतिहासिक सफलता नै भएकाेछ। संघका अध्यक्ष कुमार गर्बुजाले बताए।
यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको , 대구역 अगाडि 동성아트 हलमा प्रदर्शन भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण गर्नका लागि उक्त चलचित्र प्रदर्शन गरिएकाे कुरा शाखाका अध्यक्ष गर्बुजाले बताए ।
“पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’, यो तेश्रो सिक्वेल हो जसले दर्शकहरूलाइ पूर्ण मनोरन्जन दिएकाेछ। कोरियामा यसले ब्यापक सफलता प्राप्त गरेकाेछ।” मगर संघ थेगु शाखाका संरक्षक नगेन्द्र मगरले बताए ।
टिकट स्पाेन्सर गर्ने दुर्गा रेष्टुरेणट ख्यङशान यङनाम्दे र हल स्पाेन्सर गर्ने हिमालयन रेष्टुरेण्ट थेगु लगायत हातेमालाे गर्ने संघ संस्था, नेपाल मगर संघ काेरिया केन्द्र, किम्हे शाखा, थेगु नेपाली मञ्च लाइ नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष गर्वुजाले बिशेष धन्यबाद ज्ञापन गरेका छन्।
रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यस “कबड्डी-३” चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल बुद्वि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारहरूको अभिनय छ ।