इतर आवाज साहित्य समाज कोरियाले सलनालमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै
इतर आवाज साहित्य समाज,दक्षिण कोरियन नयाँ बर्ष सलनालमा विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने साहित्यिक कार्यक्रममा विश्वभरका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी कविहरूबाट संकलित संयुक्त कविता संग्रहको लोकार्पण गरिने भएको छ । सयुक्त संग्रहमा २०० भन्दा बढी कविका कविताहरु रहने छन् भने पुस्तकको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ।
विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्य आधारीत, पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविता समावेश गरिएकाे छ। संभवत यो पुस्तक नेपालको सबैभन्दा ठूलो “संयुक्त कविता संग्रह” बन्न सक्ने इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूले बताएका छन् ।
बृहत साहित्यिक कार्यक्रमको लागि नेपालबाट लोकप्रिय कवि निमन्त्रणा गर्ने तैयारीमा आयोजक जुटेको छ। कोरियाको एक सक्रिय यस संस्थाले विबिध साहित्यिक कार्यक्रमहरु साथै स्रष्टाहरुलाई सम्मान गर्दै आईरहेको छ भने गतवर्ष कवि उपेन्द्र सुब्बाको साथमा कविता कन्सर्टको आयोजना समेत गरेको थियो।