प्रतिबन्धपछि मेसी अर्जेन्टिनी टोलीमा फर्किए
तीन महिनाको प्रतिबन्धपछि यसै महिना हुने ब्राजिल र उरुग्वेविरुद्धका मैत्रीपूर्ण खेलका लागि लियोनेल मेसी अर्जेन्टिनी टोलीमा फर्किएका छन्।
बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेसी जुलाईमा भएको कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए।
कोपा अमेरिकामा नै भ्रष्टचार भएको टिप्पणी गरेपछि उनीमाथि तीन महिनाको प्रतिबन्ध लगाइएको थियो। जारी सिजनमा बार्सिलोनाका लागि चार गोल गरेका मेसीले आफ्नो तीन महिने प्रतिबन्धमा अर्जेन्टिनाबाट तीन खेल गुमाए।
अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिलसँग साउदी अरबमा खेल्ने छ भने १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्ने छ।
अर्जेन्टिनी टोली
गोलकिपर : अगस्टिन मार्चेसिन, हुवाँ मुसो, इलिमानो मार्टिनेज, इस्टेब्यान अन्ड्राडा
रक्षक : हुवाँ फोएथ, रेन्जो साराविया, निकोलस ओटामेन्डी, जर्मन पेजेल्ला, मार्कोस रोहो, वाल्टर केन्नेम्यान, निकोलस टाग्लाफिको, नेहुएन पेरेज, ग्वीदो रोडरिग्वेज
मिडफिल्डर : जियोभानी लो सेल्सो, लियोनार्दो पेरेडेज, निकोलस मोमिन्ग्विज, रोड्रिगो डी पाउल, मार्कोस एक्युना, रोबर्टो पेरेरा, लुकास ओकाम्पोस
फरवार्ड : लियोनेल मेसी, सर्जियो अग्वेरो, निकोलस गोन्जालेज, लुकास अलारियो, लौटारो मार्टिनेज, पाउलो डिबाला