लिम्बुहरुको चाड चासोक तङ्नाम डिसेम्बर १५ मा मनाइने
नेपालीको राष्ट्रिय पर्ब किराँती लिम्बू समुदायका महान चाड चासोक तङ्नाम डिसेम्बर १५ मा मनाइने भएको छ । सउलको सङ्बुखुछङ्ग हलमा किराँत याक्थुङ चुम्लुङले कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरेको हो ।
चुम्लुङले दक्षिण कोरिया रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित हुन अनुरोध गरेका छ । साथै संघ संस्था, समाज सेबी ,बुद्धिजीवी, पत्रकार, सम्पूर्णलाइ पत्र पठाइयो केही गरि पत्र नपुगेमा यही जानकारीलाई आधार मानेर उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।
साथै दक्षिण कोरियाको नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरी २५ तारिखमममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दिर्घकालिन चुम्लुङ आवास गृह सयोग आर्थ नुमाफुङ साङ्गीतिक साँझ भब्य रुपमा सम्पूर्ण नेपाली तथा लिम्बू दाजुभाई तथा दिदीबहिनीहरु को साथमा कोरियाको राजधनी सउलमा भब्य रुपमा मनाउने तयारी गरेको पनि चुम्लुङले जनाएको छ ।