“नाङ्साल सांगीतिक सौगात” को पोस्टर सार्वजनिक, द भ्वाइसको दोस्रो सिजनको विजेता कोच प्रमोद पनि आउने
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/12/received_3190280350999651-637x450.jpeg)
तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाले २८५६ औं सोनाम ल्होसार एवं कोरियाको दोस्रो ठुलो चाड सलनालको पहिलो दिन अर्थात 24 तारिख शुक्रबारको दिन बृहत सांगीतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात” को आयोजना गर्ने भएको छ । त्यसकालागी नेपालबाट ख्यातिप्राप्त कलाकारहरू आउने आज(आइतबार) बुसानमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराएका हुन ।
कार्यक्रमको पोस्टर सार्बजनिक गर्दै नेपालबाट द भ्वाइस अफ नेपालको कोच(दोस्रो सिजनको बिजेता) तथा चर्चित गायक प्रमोद खरेल, सेलो गायक रोज मोक्तान, प्रकाश सपुत, निशा लामा, प्रीति आले, सिता सुवेदी लगायतका कलाकारहरु नेपालबाट आउने जनाएको छ । सबैलाई समेट्न सकियोस् भनेर कलाकारहरु पनि तामाङ मात्र नभएर समावेशी रुपमा सबैलाई समेट्ने गरि ल्याउन लागिएको समाजका अध्यक्ष सुजित घिसिङले बताए ।
कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न आवश्यक कार्यविभाजन गरेर सबै जना तिब्र तयारीमा जुटिसकेको समेत आयोजक संस्थाका अध्यक्ष सुजित घिसिङले जानकारी दिएका छन् । कोरियाको दक्षिणी भेगमा गर्न लागिएको यस बृहत सांस्कृतिक कार्यक्रममा विशेष गरि प्रकाश सपुत र पृती आलेको घाम्साघम्सि ब्याटल को नयाँ स्वाद लिने अवसर मिल्ने जानकारी दिदै घिसिङले भने “सङ्गितको भिन्न भिन्न विधालाइ समेट्ने गरि निमन्त्रणा गर्न लागिएको उक्त मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम लाई भब्य र सभ्य अनि ऐतिहासिक रुपमा सफल पार्न उक्त दिन यस ख्यङ्साङ् बुसान क्षेत्रमा कुनै पनि कार्यक्रम नजुदैदिनहुन अनुरोध गर्न चाहन्छु ।”
साथै कार्यक्रमलाई सफल पार्न आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन हुन विभिन्न जातीय, क्षेत्रिय संघ संस्थाहरु, समाजसेवी, बुद्दिजिवि, ब्यवासायि सामाजिक अभियन्त, पत्रकार, विद्यार्थी लगायत सम्पूर्ण गीत संगीत प्रेमी कोरियाबासी नेपालीहरु लाई ख्याङ्सङ तामाङ समाज सम्पुर्ण परिवारले अपिल समेत गरिएको छ ।
यस कार्यक्रम तामाङ समाज ख्यङ्साङ्को मात्र नभई ख्याङ्सङ बुसान क्षेत्रका विभिन्न जातीय क्षेत्रीय संघ संस्थाहरु र सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम रहेकोले कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न गर्न गराउन सबै संघ संस्थाले आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।