ख्याङ्गजु ग्रीष्मकालीन युनिर्भरस्याडमा ५५ नेपाली खेलाडी सहभागी
डम्बर सुब्बा
सोल-कोरियाको ख्वाङ्गजुसिटिको खेलकुद मैदानमा शुक्रबारदेखी १४ तारिख सम्म हुने २०१५ ख्वाङ्गजु ग्रीष्मकालिन युनिर्भरस्याड खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा नेपाली ५५ जना खेलाडी टोलीले सहभागी जनाएका छन् ।
उदघाटन समारोहको र खेलकुद मैदानमा नेपालका राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय पोशाक लगाएर प्रवेश गर्दा १५ लाख भन्दा बढी दर्शकहरुले ताली बजाएर स्वागत गरेका थिए ।
गत बैशाख १२ र १९ गते नेपालमा भएमा विनासकारी महाभुकम्पमा परि ठुलो धन,जनको क्षति पुगेको विषयमा ध्यानमा राख्दै कोरियाका खेलकुद आयोजक कमिटिले नेपालबाट आउने सम्पूर्ण खेलाडी टोलीलाई हवाई टिकट, खाना बस्न र खेलकुद प्रतियोगितामा लगाउने युनिर्फम उपब्लध गराएको कोरियाली समाचारपत्रहरुले जनाएका छन् ।
२०१५ ख्वाङ्गजु ग्रीष्मकालिन युनिर्भरस्याड खेलकुद प्रतियोगितामा अन्दाजी १४९ राष्ट्रका १३ हजार १८ जना खेलाडीहरुले सहभागीता जनाएका छन् । -नेपाली कोरिया