एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ
फोनिज कोरिया संवाददाता
सोल
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ ।
सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमल सुवेदीले बताए ।
अब एनआरएनएका सम्पूर्ण कारोबार बैंक मार्फत गरिने भएकाले आर्थिक पार्दशिता हुने विश्वास महसचिव सुवेदीले लिएका छन् ।