ब्रेनट्युमर भएका जीवनले गरे सहयोगको अपिल
फोनिज कोरिया संवाददाता
सोल- रोजगार गर्न कोरिया आएका गोरखा गोरखा फुजेलका जिबन दुवाडीले आफ्नो जीवन रक्षाको लागि कोरियाका विभिन्न संघ–संस्था, नेपाली दाजुभाइ र नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन् ।
ईपीएसमार्फत यहाँ आएका दुवाडीलाई बे्रन ट्युमर भएको छ । चार महनिाअघि मात्र कोरिया पुगेका हुन् । इन्छनस्थित एक फलाम कम्पनीमा कार्यरत दुवाडीको गाछन युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ |
दुवाडीको उपचारको लागि ८० लाख वन खर्च हुने अस्पतालले बताएको छ । आर्थिक अवस्था कमजोर भएका दुवाडीले आफ्नो जीबन खतरामा रहेकाले रक्षा गरिदिन आग्रह गरेका हुन् । ‘मलाई सहयोगको आवश्यक छ, सम्पूर्ण नेपाली दाजुभाईहरुमा सहयोगको लागि अपिल गर्दछु ।’ उनले भने |
आफ्नो स्वास्थ्य बिग्रिएको कम्पनीले थाहा पाएपछि भिषा रद्द गरी नेपाल जाने टिकट काटेर अस्पतालमा ल्याएर छोडिदिएको दुवाडीले जानकारी पनि दिए ।