मनोज र खिमालाई तमू पत्रकार पुरस्कार प्रदान
पत्रकार मनोज घर्ती मगर र खिमा गुरुइ०लाई यस वर्षका तमू प्रत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तमू संचारकर्मी संघले आइतबार काठमाण्डौमा विषेश कार्यक्रम गरी सो पुरस्कार प्रदान गरेको हो । मगर नागरिक खबर डट कमका प्रबन्ध सम्पादक हुन भने गुरुइ० रेडियो गोर्खालीका स्टेशन म्यनेजर हुन् ।
पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङद्धारा सो पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पुरस्कृत दुवै जनालाई जनही २० हजार १ रुपिँया र ताम्रापत्र प्रदान गरिएको थियो ।
तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले गत वर्ष झैं गुरुङहरुको मौलिक चाड तमू लोसारको अवसरमा विभिन्न विधामा विभिन्न क्षेत्रमा रहेर पत्रकारिता क्षेत्रमा आवद्ध सात जना पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।