नेपाल अादिबासि जनजाति महासंघ काेरियाले पाेखरामा ३ जना बालबालिका पढाउदै
नेपाल अादिबासि जनजाति महासंघ काेरियाले सन २०११ देखि पुर्ण छात्रबृत्तिमा ३ जना बालबालिकालाई पाेखरामा पढाउदै अाईरहेकाे छ।
नेपालकै दुर्गम जिल्ला डाेल्पा।त्याे पनि जिल्लाकै उत्तरी भेग।चीन सिमानाकाे नजिक। तत्कालिन छार्का गाबिस का ३ जना बालबालिका लाई छनाैट गरि नेपाल अादिबासि जनजाति महासंघ केन्द्र नेपाल र तत्कालिन महासचिब डा अाेम गुरूङकाे सिफारिसमा महासंङ काेरियाले पाेखरामा पढाउदै अाएकाे हाे।
३ जना मध्ये १ जना छात्र र २ जना छात्रा हुन्।१ जना छात्रले गत बर्ष नै एसईई पास गरिसकेका छन्। उनलाई महासंघले कक्षा ८ सम्म बाेर्डिङ स्कुलमै हाेस्टेल सहित पुर्ण छात्रबृत्तिमा अध्यापन गराएकाे हाे। कक्षा ९ र १० भने उनकाे अभिभाबकले नै पढाएका थिए।
हाल २ जना बालिकालाई महासंघ काेरियाका संस्थापक अध्यक्ष चङ कुमार गुरूङकाे संरक्षकत्वमा पाेखरा रामबजारकाे कालिका उच्च मा बि मा पढाउदै अाएकाे छ।चङ कुमार गुरूङका अनुसार नानीहरूकाे पढाइ राम्राे छ। कक्षामै पहिलाे हुन् कक्षा ९ मा पढ्ने नानी। कक्षा ८ मा पढ्ने नानी पनि तेजिला छन्।अतिरिक्त क्रियाकलापमा पनि उत्तिकेैै अब्बल छन्।
ती २ जना बालिकाले नर्सरी देखि पढेर हाल कक्षा ९ र कक्षा ८ मा अध्ययन गर्दै छन्।
दुर्गम क्षेत्र र अति निम्न अाय स्तर भएका बालबालिका छनाैट गरि पढाउदै अाएकाे बालबालिकालाई महासंघ काेरियाले मात्र २० लाख रूपैया खर्च गरेकाे छ।याे रकम काेरियामा रहेका नेपालीहरूकै सहयाेगमा खर्च गरिएकाे हाे।
महासंघले यी २ जना बालिकालाई कक्षा १० सम्मकाे अध्ययन पूरा गर्न र थप असहाय बिधार्थीहरूलाई अाधारभुत शिक्षामा सहयाेग गर्नकाे लागि एक सांस्कृतिक कार्यक्रम अायाेजना गर्दैछ।
“असहाय बालबालिकाहरुको आधारभुत शिक्षामा हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको साँस्कृतिक विभागले २०२० जनवरी २४ (सलनालको पहिलो दिन) साँझ आयोजना गर्न गइरहेको “सउल सांगीतिक साँझ” कार्यक्रममा कोरियामा रहेका सम्पुर्णमहानुभाबहरूमा महासंले हार्दिक निमन्त्रणा गरेकाेछ।
तपाईहरूकाे सानाे सहयाेगले अवस्य पनि ती पढ्दै गरेका नानीहरूकाे पढाइ पूरा हुनेछ भने थप बालबालिकाहरूले छात्रबृत्तिमा पढ्न पाउनेछन्।महासंघका अध्यक्ष युगेल तेन्डुपले भने-“अाउनुहाेस हातेमालाे गराैं।तपाईहरूकाे सहयाेगले नै कार्यक्रम सफल हुनेछ अनि उद्देश्य अनुसार काम हुनेछ।”
नेपाल अादिबासि जनजाति महासंघले अाफ्ना हक अधिकारका लागि अावाज उठाउनु बाहेक काेरियामा समेत समाजसेवा, यहाँ रहेका संघ सस्था संग हातेमालाे गर्दै अाएकाे छ।जनजातिका भेषभुषा कला संस्कृतिले नेपाल चिनाउने काम समेत गरेकाेछ।
महासंङका पुर्ब संस्थापक अध्यक्ष चङ कुमार गुरूङ, पुर्ब अध्यक्ष भक्त शेरचन, बर्तमान अध्यक्ष युगेल तेन्डुप शेर्पा, नानीहरू र निबर्तमान काेषाध्यक्ष एक गुरूङ पाेखरामा।