माघे संक्रान्तिको लागि लाेक दाेहाेरी गायिका सुमन थापा मगर काेरिया अाई पुगे
मगरहरुको महान चाड माघे(मगर)संक्रान्ति कार्यक्रमका लागि चर्चित लाेक दाेहाेरी गायिका सुमन थापा मगर सनिबार बिहान काेरिया अाई पुगेका छन्।
नेपाल मगर संघ दक्षिण कोरियाले बर्षेनी मनाउदै आएको मगर माघे संक्रान्ति बिशेष कार्यक्रम यहि जनवरि १२ तारिख अाईतबार साैलमा मनाउदैछ।
उक्त कार्यक्रमका लागि नेपालबाट अामन्त्रित लाेक दाहाेरी गायिका सुमन थापा सनिबार बिहान ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेका हुन्।
उनलाई स्वागत गर्न नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगर,सचिब बासु थापा मगर र सांस्कृतिक बिभाग प्रमुख एस बी राना मगर सनिबार बिहान ईन्छन एअर पाेर्टमा पुगेका थिए।
लाहुरे साइलो,भेट भयो छुटम कसरी,रस रस,डाडैको लाकुरी,के को माया लाउनी लगायतका दर्जनौ गीत गाएकी गायिका सुमन थापाले अाफ्ना चर्चित गितहरू गाउने बताईन्।
उनकाे साथमा स्थानिय चर्चित कलाकारहरु देबिन्द्र काउचा मगर,जितन भाइ श्रीस मगर,स्नीका थापा मगर,माया थापा मगर,एस.बी.राना.मगर, बिकास थापा,बबिता पुन,थेगु शाखाका कलाकारहरु,किम्हे/बुसान शाखाका कलाकारहरु लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक एस.बी.राना मगरले जानकारी दिएका छन्।
कार्यक्रमलाई भब्य बनाउन काेरियाबासी नेपालीहरूलाई गायिका थापाले हार्दिक निमन्त्रना पनि गरेका छन्।
बिभिन्न मगर मौलिक हुर्रा, कौडा, सालैजो, झ्याउरे,टप्पा सहितको प्रस्तुति रहने कार्यक्रममा मगर मौलिक खाना परिकारहरु पनि ब्यबस्था गरिएको अध्ययक्ष सि पि मगरले बतााए ।