दक्षिण कोरिया छुट्टा छुट्टै घटनामा दुई नेपालीले ज्यान गुमाए


रोजगार अनुमति प्रणली इपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिना अघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।

कोरियाको दक्षिणी भाग छाङ उमसीमा बंगुरको फार्ममा काम गर्दै आएका राई केही महिना अघि मात्रै नेपाल गएर आएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिए । कम्पनीमा पनि एक जना नेपाली हुनुहुँदो रहेछ । हिजो बेलुकीको खाना खाएर एउटै कोठामा सुतेको मान्छे बिहान नदेखेको खोजी गर्दा कम्पनी भित्रै झुन्डिएर आत्महत्या गरेको भेटेछन् । उनले भने ।

आत्महत्याको कारण थाहा नभएको नेपाली राजदुताबास सउललाई जनाएको छ । इपिएस शुरु भए देखि अहिलेसम्म ४९ जना नेपालीले आत्महत्या गरेका छन् । सन् २०१८ मा ६ जना गत बर्ष ३ जनाले मात्रै आत्महत्या गरेका थिए । यो संख्या अघिल्ला बर्षको तुलनामा उल्लेखनीय रुपमा घटेको हो ।

त्यस्तै आइतबार अर्का नेपालीको मृत्यू औद्योगीक दुर्घटनामा ज्यान गुमाएका छन् । छुङछनबुक्दो छेन्छुको कम्पनीमा कार्यरत नरवहादुर रानाको चिकेच्छा(फोरक्लिप) बनाउने क्रममा दुर्घटनामा परि मृत्यू भएको हो ।

तनहुँ घर भएका उनी ४ बर्ष ४ महिना पहिले दक्षिण कोरिया आएका थिए । उनको कम्पनीमा ७ जना नेपाली काम गरिरहेका छन् । आइतबार काम गर्दै गर्दा दुर्घटना भएको हो । चिकेच्छा बनाउनु खोज्नु भएको रहेछ । के नमिलेर त्यसैले किचेको अबस्थामा हामीले फेला पार्यौं । सँगै कम्पनीमा काम गर्ने एक नेपालीले भने ।

नेपाली राजदुतावास दक्षिण कोरियाका श्रम सहचारी डिल्लिराम बास्तोलाले दुर्घटनाको बारेमा जानकारी आए पनि बिस्तृत रुपमा बुझ्न बाँकी रहेको बताए । हामीलाई इन्फर्म गरिएको छ । घटनास्थलमा हामी आफै जान्छौ । अनि धेरै कुरा हुन्छ । उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...