इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला
इलामेली समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित दर्शन नमस्तेको हलमा सम्पन्न अधिवेशनले केदार निराैलालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो ।
नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ जसमा बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे चयन भएकि छिन् भने उपाध्यक्षमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा रहेका छन्। यसैगरी महासचिवमा बाल कुमार राई सचिवमा उपेन्द्र निराैला, काेषाध्यक्षमा सुदिप फागो र सह-कोषाध्यक्षमा रमा कार्की चयन भएका छन्। सदस्यहरुमा चन्द्रकान्त दुलाल,भिम विराज शङ्खर, राज कुमार गुरुङ, विशाल जबेगु, अर्जुन श्रेष्ठ र सुजन राई रहेका छन्। नयाँ कार्यसमितिलाई सल्लाहकार एवम निर्वाचन मण्डलका अध्यक्ष टीका थेगिमले सपथ ग्रहण गराएका थिए।
इलामेली समाज कोरियाका निवर्तमान अध्यक्ष दर्पण गुरुङको सभापतित्व र पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सन् २०१४ मा स्थापित इलामेली सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।